अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:४८ | Colorodo: 11:03

महिला विश्वकप फुटबल आजबाट शुरु हुँदै

बिआरटीनेपाल २०७६ जेठ २४ गते ८:५६ मा प्रकाशित

महिला विश्वकप फुटबल २०१९ आजबाट फ्रान्समा सुरु हुँदैछ । आठौं संस्करणको प्रतियोगितामा २४ देशको सहभागिता रहेको छ । प्रतियोगिताको उदघाटन खेलमा आयोजक फ्रान्सले एसियाली राष्ट्र दक्षिण कोरियाको सामना गर्दैछ । खेल पेरिस सेन्ट जर्मेनको होमग्राउन्ड पार्सा डे प्रिन्समा नेपाली समय अनुसार शनिबार १२–४५ बजेबाट हुनेछ । ७ जुनबाट ७ जुलाई २०१९ सम्म आयोजना हुने प्रतियोगितामा सहभागी टिमहरूलाई ६ समूहमा विभाजन गरिएको छ।

प्रत्येक समुहको विजेता र उपविजेता तथा ४ उत्कृष्ट तेश्रो हुने देश नकाउट चरणमा प्रवेश गर्नेछन्। समूह ए मा आयोजक फ्रान्सहित नर्वे, दक्षिण कोरिया र नाइजेरिया छन। समूह बि मा जर्मनी, स्पेन, चीन र दक्षिण अफ्रिका छन। समूह सी मा इटली, ब्राजिल, अस्ट्रेलिया र जमैका छन्। समूह डी मा इंग्ल्यान्ड, स्कटल्यान्ड, अर्जेन्टिना र जापान छन्। समूह इ मा नेदरल्यान्ड, क्यानडा, न्युजिल्यान्ड र क्यामरुन छन। समूह एफ मा स्वीडेन, अमेरिका, चिली र थाइल्यान्ड छन्। प्रतियोगिता फ्रान्सको ९ वटा शहरमा आयोजना हुनेछ ।

प्रतिक्रिया