अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:१४ | Colorodo: 16:29

विश्वकप क्रिकेटमा अष्ट्रेलियाको लगातार दोस्रो जित, वेष्ट इन्डिज १५ रनले पराजित

बिआरटीनेपाल २०७६ जेठ २४ गते ८:५१ मा प्रकाशित

साविक विजेता अस्ट्रेलियाले इङ्ल्यान्डमा जारी एकदिवसीय विश्वकप क्रिकेटमा लगातार दोस्रो जित निकालेको छ । गएराति नटिङघममा भएको खेलमा अस्ट्रेलियाले वेष्ट इण्डिजलाई १५ रनले हरायो । खेलमा अष्ट्रेलियाले दिएको २ सय ८९ रनको लक्ष्य पछ्याएको वेष्ट इण्डिजले ५० ओभरमा ९ विकेट गुमाएर २ सय ७३ रन मात्र बनाउन सक्यो ।

उसका लागि साई होप र कप्तान जेसन होल्डरले अर्ध शतकीय इनिङ्स खेलेपनि टोलीको हार टार्न सकेनन् । होपले ६८ रनको योगदान दिंदा होल्डरले ५१ रन बनाए । बलिङतर्फ अष्ट्रेलियाका मिचेल स्टार्कले उत्कृष्ट प्रदर्शन गर्दै १० ओभरमा १ मेडनसहित ४६ रन खर्चेर ५ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले ४९ ओभरमा अलआउट हुँदै २ सय ८८ रन बनाएको थियो । उसका लागि नाथन कुल्टर नाइलले ९२ रन तथा स्टिभ स्मिथले ७३ रनको पारी खेले ।
जितसंगै अष्ट्रेलियाले २ खेलबाट ४ अंक जोडेको छ । पहिलो खेलमा पाकिस्तानलाई ७ विकेटले नै हराएकोे वेष्ट इण्डिजको भने प्रतियोगितामा यो पहिलो हार हो । विश्वकप क्रिकेटमा आज पाकिस्तान र श्रीलंका भिड्नेछन् ।

प्रतिक्रिया