अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:१४ | Colorodo: 14:29

चौथो पोखरा स्पोर्टस अवार्ड वितरण

बिआरटीनेपाल २०७६ जेठ २४ गते ८:४९ मा प्रकाशित

खेलकुद पत्रकार मञ्च गण्डकी प्रदेशको आयोजनामा टिभिएस अपाचे चौथो पोखरा स्पोर्टस अवार्ड वितरण कार्यक्रम सम्पन्न भएको छ । यसबर्षको अवार्डमा लाईफटाईम अचिभमेन्ट अवार्ड बक्सिङ खेलाडी चित्र बहादुर गुरुङलाई प्रदान गरिएको छ । वर्ष खेलाडी पुरुषतर्फ युकेश गुरुङ (प्याराग्लाइडिङ) लाई पुरस्कृत गरिएको छ भने वर्ष खेलाडी महिलातर्फ सुष्मी श्रेष्ठ (फूलकन्ट्याक्ट कराँते) लाई अवार्ड प्रदान गरिएको छ ।

वर्ष उदियमान खेलाडीमा अर्जुन कुमाल (क्रिकेट), तथा उत्कृष्ट प्रशिक्षकमा दीपक गोदार (फूलकन्याक्ट कराँते), लाई पुरस्कृत गरिएको छ । बर्ष उत्कृष्ट खेल संघतर्फ बास्केटवल संघ ले अवार्ड हात पार्न सफल भएको छ । यस्तै उत्कृष्ट पत्रकारिता अवार्ड पत्रकार विनोद लामिछानेलाई पुरस्कृत गरिएको छ । पुरस्कारको राशि २० हजार रहेको छ ।

यस वर्षको अवार्डमा लाइफ टाइम अचिभमेन्ट अवार्ड तर्फ चाँदी जडित ट्रफि ताम्रपत्र, बर्ष खेलाडी पुरुष अवार्ड तर्फ टीभिएस अपाचे मोटरसाइकल, बर्ष खेलाडी महिला अवार्ड तर्फ बिगो स्कुटर, बर्ष उदयमान खेलाडी, उत्कृष्ट प्रशिक्षक, बर्ष पपुलर प्लेयर अवार्ड तर्फ २५ हजार रुपैया रहेको थियो ।

प्रतिक्रिया