अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:३५ | Colorodo: 09:50

नेपाल एयरलाइन्सले जापान जाने यात्रु भेटेन, उडान अनिश्चित

बिआरटीनेपाल २०७६ जेठ २२ गते ९:५२ मा प्रकाशित

राष्ट्रिय ध्वजाबाहक नेपाल एयरलाइन्सको वाइड बडी जहाजको जापान उडान अनिश्चित बनेको छ । असार १९ बाट जापानको ओशाकास्थित कान्साई अन्तर्रा्ष्ट्रिय एयरपोर्टमा उडान गर्ने यात्रु नभेटेपछि तत्कालका लागि स्थगित भएको छ ।

जापान उडानको लागि नेपाल वायुसेवाले २५ दिनदेखि टिकट खुला गरेको थियो। तर यात्रु न्यून पाएपछि आर्थिक भार बढी हुने डरले उडान स्थगित गरिएको हो । अहिले ’अफ सिजन’ परेका कारण उडान नगर्ने निर्णय भएको निगमका प्रवक्ता नवराज कोइरालाले बताउनुभयो ।

नेपाल एयरलाइन्सले वाइडबडीबाट जापान उडानको तालिका तय गरेको थियो । कोइरालाले अगस्ट अन्तिमबाट जापानका २ एयरपोर्टमा उडान गर्ने तयारी गरिएको जानकारी दिनुभयो । नेपाल एअरलाइन्सले काठमाडौं ओसाकाको एकतर्फी भाडा ४५ हजार र दुईतर्फी भाडा ७७ हजार रुपैयाँ तोकेको थियो । फ्रान्सबाट ल्याइएका दुईवटा वाइडबडी जहाज लामो दुरीको उडानको टुंगो नहुँदा घाटामै हाल छोटो दुरीमा उडान भरिरहेका छन् ।

प्रतिक्रिया