अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:२३ | Colorodo: 04:38

सरकारले विदेशी नीतिसम्बन्धी राष्ट्रिय सम्मलेन गर्ने

बिआरटीनेपाल २०७६ जेठ १९ गते १०:१० मा प्रकाशित

सरकारले आगामी असार १४ गते काठमाडौंमा विदेशी नीतिसम्बन्धी राष्ट्रिय सम्मेलन आयोजना गर्ने भएको छ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सरकारले लिएको ‘समृद्ध नेपालः सुःखी नेपाली’को राष्ट्रिय लक्ष्यलाई पूरा हुने गरी आवश्यक विदेश नीति तय गर्न सो सम्मेलन आयोजना गर्न लागिएको जानकारी दिनुभयो ।

आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी उहाँले ‘विदेश नीतिका सम्बन्धमा राष्ट्रिय संवाद’ नाम दिइएको सो सम्मेलनमा संघीय संसदका सांसद, कूटनीतिक तथा कूटनीतिक क्षेत्रका जानकार, पूर्वपरराष्ट्रमन्त्री, विभिन्न क्षेत्रका अध्ययन र अनुसन्धानमा कार्यरत विज्ञ सहभागी हुने बताउनुभयो ।

सम्मेलनमा नेपालको परराष्ट्र नीतिलाई बदलिँदो परिवेशअनुसार कसरी समृद्ध बनाउने भन्ने विषयमा विस्तृत छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । आर्थिक क्षेत्रको विकासबाट मुलुकलाई समृद्ध बनाउने गरी परराष्ट्र नीति बनाउन पनि सो राष्ट्रिय सम्मेलन उपयोगी हुने परराष्ट्रमन्त्री ज्ञवालीको बिश्वास रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू