अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:५५ | Colorodo: 13:10

प्रकाश सपूतको मौलिक लोक दाहोरी ‘गलबन्दी’ हिट, युट्युब ट्रेन्डिङको १ नम्वरमा

बिआरटीनेपाल २०७६ जेठ १८ गते ९:३० मा प्रकाशित

लोक तथा दोहोरी गायक प्रकाश सपूत र शान्तिश्री परियारको लोक दोहोरी ‘गलबन्दी’को म्युजिक भिडियो युट्युबमा सर्वाधिक हेरिएकोमध्ये नम्बर एकमा आएको छ । सार्वजनिक भएको ६ दिनपछि शनिबारसम्ममा गीतले ४८ लाख बढी दर्शक ‘भ्युअर्स’ पाएको हो।

सपूतले अघिल्लो वर्ष निर्माण गरेको लोक गीत ‘बोल माया’ पनि युट्युब ट्रेन्डिङको नं. एकमा आएको थियो। जुन गीत अहिलेसम्म एक करोडभन्दा बढी पटक हेरिएको छ । बोलमायाकै पूर्वभाग ‘प्रिक्वेल’को रुपमा ‘गलबन्दी’ ल्याएको गायक सपूतले बताउनुभएको छ । गलबन्दीमा पनि शब्द, संगीत, स्वर र श्रव्यदृश्य निर्देशन सपूतकै छ । स्वरमा सपूतलाई शान्तिश्री परियारको साथ छ ।

म्युजिक भिडियोमा सपूत र अञ्जली अधिकारीको अभिनय रहेको छ ।

प्रतिक्रिया