अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:२३ | Colorodo: 02:38

आलोपालो प्रधानमन्त्रीमा सहमति भएकै हो, तर बढी प्रचारवाजी गरियो – प्रचण्ड

बिआरटीनेपाल २०७६ जेठ १७ गते २२:५९ मा प्रकाशित

नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकताका क्रममा आलोपालो प्रधानमन्त्री बन्नेबारे सहमति भएको तर यस विषयमा बढी प्रचारबाजी भएको बताउनुभएको छ । प्रचण्डले यसअघि भएको सहमति आफूले स्मरण मात्रै गरेको भन्दै यो चर्चाको विषय नै नभएको जनाउनुभयो ।

नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आलोपालो प्रधानमन्त्रीमा सहमति पहिल्यै नै भएको भन्दै यो कुनै नौलो कुरा नभएको बताउनुभयो । पूर्वका जिल्लामा आयोजित विभिन्न कार्यक्रममा सहभागी हुन जाने क्रममा विराटनगर विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै प्रचण्डले आलोपालो प्रधानमन्त्रीको कुरा प्रचारको लागि नयाँ विषय नभएको बताउनुभयो । सो अवसरमा उहाँले पार्टीले एकीकरणका क्रममा जे सम्झौता गरेको थियो त्यो परिस्थिति अनुसार इमान्दारितापूर्वक कार्यान्वयन गर्दै जाने स्पष्ट पार्नुभयो । यो बिषयमा अनावश्यक प्रचारबाजी हुँदा अरुले खेल्ने मौका पाउँछन् नि भन्ने प्रश्नमा अध्यक्ष प्रचण्डले तपाईहरु नखेल्नुहोला भन्दै प्रचण्डले उल्टै पत्रकारलाई पश्न पनि गर्नुभयो ।

यसअघि, एक टेलिभिजनको अन्तर्वार्तामा नेकपा अध्यक्ष प्रचण्डले एकताका बेला दुई अध्यक्षबीच सहमती भएको र त्यसलाई कार्यान्वयन गर्न प्रधानमन्त्री ओलीलाई सुझाब दिएपछि नेकपाका दुई अध्यक्षबीच तिक्तता पैदा भएको थियो। अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओलीसंग भोलि यसबारेमा छलफल हुने पनि स्पष्ट पार्नुभयो । त्यस्तै फरक प्रशंगका अध्यक्ष प्रचण्डले भारतले लगाएको नाकाबन्दीले नेपालले पाठ सिकिसेकोले भारतमा को विदेशमन्त्री भयो भन्ने कुराले नेपालमा कुनै असर नगर्ने टिप्पणी गर्नुभयो । नेपालमा नाकाबन्दीका डिजाइनर भनेर चिनिने एस जयशंकरलाई प्रधानमन्त्री नरेन्द्र मोदीले भारतीय विदेशमन्त्री बनाइएपछि नेपालमा राजनीतिक तरंग पैदा भएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू