अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:१९ | Colorodo: 23:34

नेपाली बालगायकद्वय आयुष र प्रितम ‘सारेगमप’ को सेमिफाइनल प्रवेश

बिआरटीनेपाल २०७६ जेठ १७ गते २२:३१ मा प्रकाशित

नेपालका बालगायकद्वय प्रितम आचार्य र आयुष केसी ‘सारेगमप’ को सेमिफाइनलमा पुगेका छन्। शुक्रबार दुवै बालकले फेसबुक मार्फत सेमिफाइनलमा पुगेको जानकारी गराएका छन्। भारतीय गायन रियालिटी शो ‘सारेगमप’ जी टिभीबाट शनिबार र आइतबार प्रशारण हुँदै आएको कार्यक्रम हो ।

सेमिफाइलनमा उनीहरु सहित ६ प्रतिस्पर्धी सहभागी हुने कार्यक्रमको फर्म्याट छ । बालगायन रियालिटी कार्यक्रम सारेगमप गत फ्रेब्रुअरी ९ बाट सुरु भएको थियो । १६ वर्ष भन्दा कम उमेरका बालबालिकाहरु यो कार्यक्रममा सहभागी छन्। यो वर्ष प्रितम आचार्य र आयुष केसी सहित नेपालबाट ८ जना सहभागी भएका थिए।

१२ वर्षका आयुष र ११ वर्षका प्रितममात्र कार्यक्रममा लामो समयसम्म टिकेका छन् । कलिङ्ग राउण्डबाट मेगा अडिसनमा प्रस्तुति दिएपछि उनीहरु टप ३० मा पुगेका थिए। आयुष र प्रितम २०७२ सालमा भएको शुरशाला जुनियर आइडलका प्रथम र द्वितीय विजेता समेत हुन्।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू