अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:५६ | Colorodo: 08:11

युगकवि सिद्धिचरण श्रेष्ठको १०८ औँ जन्मजयन्तिका अवसरमा भव्य कवि गोष्ठी सम्पन्न

बिआरटीनेपाल २०७६ जेठ १४ गते १९:३२ मा प्रकाशित

युगकवि सिद्धिचरण श्रेष्ठको जन्मस्थल ओखलढुङ्गामा युगकविको पूर्णकदको सालिक अनावरणका अवसरमा युगकविका सुपुत्र एवं युगकवि सिद्धिचरण प्रतिष्ठानका संरक्षक रविचरण श्रेष्ठ, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति के के कर्माचार्य, साहित्यकार रमा शर्मा, प्राज्ञ डा. देवी नेपालको उपस्थितिमा २९७६ जेठ ९ गतेका दिन भव्य कवि गोष्ठी सम्पन्न भयो ।

सो कवि गोष्ठीमा डा. ध्रुवचन्द्र गौतम, पत्रकार होमनाथ दाहाल, डा. गार्गी शर्मा, हिरण्यकुमारी पाठक, गायकहरू दीप श्रेष्ठ, रामकृष्ण दुवाल, राधेश्याम लेकाली, डा. शैलेन्द्रुप्रकाश नेपाल, सुलोचना मानन्धर, नरेशवीर शाक्य, डा. लेखप्रसाद निरौला, दिनेश डी. सी., सन्ध्या पहाडी, शशिकला मानन्धर, प्रोल्लास सिन्धुलीय, रुपक चौधरी, मनिश पिएम, युवराज दाहाल, विनोद खतिवडा, इच्छा राई, डा. फणीन्द्रराज निरौला आदिको सहभागिता रहेको थियो ।

राजधानीबाट आएका र स्थानीय कविहरूको उपस्थितिमा सम्पन्न कवि गोष्ठीमा सांसद यज्ञ सुनुवार, सिद्धिचरण नगरपालिकाका मेयर मोहन श्रेष्ठको समेत उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू