अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:४१ | Colorodo: 07:56

नरेन्द्र मोदीको टिभी च्यानल ‘नमो टिभी’ एकाएक बन्द

बिआरटीनेपाल २०७६ जेठ ११ गते ६:५४ मा प्रकाशित

भारतमा हालै सम्पन्न लोभसभा निर्वाचनमा प्रधानमन्त्री मोदीको दल भाजपाको पक्षमा नांगो प्रचार/प्रसारमा उत्रिएको एउटा टेलिभिजन च्यानलको प्रसारण नाटकीय रुपमा बन्द भएको छ ।

लोकसभा निर्वाचनको मुखैमा २६ मार्चबाट प्रसारणमा आएको ‘नमो टिभी’ को प्रसारण निर्वाचन सकिएलगत्तै बन्द भएको हो । उक्त टिभी च्यानलको प्रसारण गत १७ मेमा अन्तिम चरणको निर्वाचनको प्रचार अभियान सकिएसँगै बन्द भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । निर्वाचनका क्रममा उक्त टिभीमाथि चुनावी आचारसंहिता तोडेर खुलमखुला मोदी र भाजपाको प्रचार गरेको आरोप लागेको थियो ।

टाटा स्काई, भिडियोकन र डिस टिभीसहितका डीटीएच अपरेटरले नमो टिभीको निःशुल्क प्रसारण गरेका थिए । विपक्षीले भने नमो टिभी प्रधानमन्त्री मोदीकै स्वामित्वमा रहेको र त्यो भाजपाको चुनावी प्रोपोगाण्डाका लागि खोलिएको आरोप लगाएका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू