अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:१० | Colorodo: 08:25

प्रधानमन्त्री ओली ज्ञानेन्द्र पथमा – कांग्रेस नेता खाँण

बिआरटीनेपाल २०७६ जेठ ११ गते ६:१० मा प्रकाशित

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले प्रधानमन्त्री केपी शर्मा ओली शक्तिको उन्मादले निरंकुश शैलीमा राजा ज्ञानेन्दको पथमा हिँडेको आरोप लगाउनुभएको छ । पार्टीको जारी राष्ट्रिय जागरण अभियान अन्तरगत शुक्रबार काठमाडौं निर्वाचन क्षेत्र नम्बर १० को किर्तिपुरमा अयोजित कार्यक्रममा नेता खाँणले प्रधानमन्त्री ओली ज्ञानेन्द्र पथमा हिँडेको आरोप लगाउनुभएको हो ।

विश्वमा समाप्त भएको कम्युनिस्टले नेपालमा एक दलिय शासन लाद्न खोज्दा जनताको हक(अधिकार कुण्ठित हुने भन्दै नेता खाँणले कांग्रेस सदैव सचेत हुन जरुरी रहेकोमा जोड दिनुभयो । सरकारका नराम्रा कर्तुतको समाचारहरु एकपछि अर्कोगरी सञ्चार माध्यममा आउन थाले पछि प्रधानमन्त्री ओली मिडियालाई नियन्त्रण गर्न उद्दत रहेको उहाँको आरोप थियो । सो अवसरमा नेता खाँणले नेपालको राजनीतिक इतिहासमा पहिलो पटक प्रधानमन्त्रीले संसदमा बोलेका शब्दहरु रेकर्डबाट हटाइएको पनि टिप्पणी गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू