अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:५८ | Colorodo: 17:13

कान्तिपुर हाफ म्याराथनको उपाधि अनिश र विश्वरुपालाई

बिआरटीनेपाल २०७६ जेठ ११ गते १:१३ मा प्रकाशित

कान्तिपुर हाफ म्याराथन प्रतियोगिताको उपाधि अनिश थापामगर र विश्वरुपा बुढाले जितेका छन् । कान्तिपुर पब्लिकेसन्सले शनिवार काठमाडौंमा गरेको प्रतियोगिताको पुरुष स्पर्धामा अनिश र महिला स्पर्धामा विश्वरुपा च्याम्पियन बनेका हुन् ।

पुरुषतर्फ प्रथम भएका अनिशले निर्धारित दुरी १ घण्टा ०८ दशमलव ०४ मिनेटमा पूरा गरे । दोस्रो भएका दुर्गा बुढाले १ घण्टा ०८ दशमलव ०९ सेकेन्डमा निर्धारित दूरी पार गरे । आर्मीका कृष्ण बस्नेतले निर्धारित १ घण्टा ०९ दशमलव ०२ मिनेटमा पूरा गरी तेस्रो भए । महिलातर्फ आर्मीकै सन्तोषी श्रेष्ठलाई पराजित गर्दै विश्वरुपा पहिलो बनिन् । एपीएफकी बिना देसार तेस्रो बनिन् । उपाधिसँगै अनिश र विश्वरुपाले समान ५०/५० हजार रुपैयाँ प्राप्त गरे ।

दुवैले थप डुएट स्कुटर समेत हात पारे । दोस्रो बनेका दुवै स्पर्धाका खेलाडीले समान ३०/३० र तेस्रो बनेका खेलाडीले समान २०/२० हजार रुपैयाँ प्राप्त गरे । कान्तिपुर हाफ म्याराथन अन्तर्गत ५ किलोमिटर कर्पोरेट एन्ड मिडिया दौडको उपाधि पुरुषतर्फ राजेश खड्का र महिलातर्फ कागल विष्टले जितेका छन् । राजेशले साविक विजेता अजय तामाङलाई ३५ सेकेन्डले पछि पार्दै उपाधि जितेका हुन् । महिलातर्फ जुनेली सुनार दोस्रो भइन् । कर्पोरेटतर्फका विजेतालाई बैंककमा ३ रात र ४ दिनको भ्रमण प्याकेज उपलब्ध गराइएको छ ।

त्यस्तै दोस्रो हुनेलाई पोखरामा २ रात र ३ दिनको घुम्ने प्याकेज तथा तेस्रो हुनेलाई माउन्टेन फ्लाइटको टिकट प्रदान गरिएको छ । ह्विलचेयर विधामा पुरुषतर्फ त्रिभुवन आर्मीका रामबहादुर तामाङ र महिलातर्फ यामी झाँक्रीले उपाधि रक्षा गरेका छन् । यो स्पर्धाका विजेता महिला र पुरुषले समान २०/२० हजार रुपैयाँ पाए ।

‘एन्टी पोलुसन रन’को नारा दिइएको एक संस्करणमा करिब ३ हजार ५ सय सहभागी भएको कान्तिपुर पब्लिकेसन्सले जनाएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू