अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:२५ | Colorodo: 22:40

पुर्वप्रेमिकाको ऋण नतिर्दा म्यारोडोना हिरासतमा

बिआरटीनेपाल २०७६ जेठ ११ गते १:०५ मा प्रकाशित

अर्जेन्टिनी लिजेन्ड डिएगो म्यारोडोनाले आफ्नी पूर्वप्रेमिका रोसिओ अ‍ेलीभासँग लिएको ऋण नतिर्दा ब्युनर्स आयर्स अन्तराष्ट्रिय विमानस्थलमा हिरासतमा बस्नुपरेको छ । समाचारमा जनाइए अनुसार म्यारोडोनाले रोसियोसँग ५० हजार पाउण्ड ऋण लिनुभएको थियो ।

म्यारोडोनाले ऋण तिर्ने मनसाय नबनाएपछि पूर्वप्रेमिका रासिओले प्रहरीमा उजुरी दिएकी हुन् । उजुरीकै आधारमा म्याराडोनालाई मेक्सिको उड्न लागेको अवस्थामा हिरासतमा लिइएको स्थानीय एजेन्सीहरुले जनाएका छन् । तर प्रहरीसँग बयानका क्रममा म्यामरोडनाले आफुले कुनै महिलासँग ऋण नलिएको बताउनुभएको छ ।

प्रतिक्रिया