अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:५७ | Colorodo: 11:12

बेलायतमा नयाँ प्रधानमन्त्री बन्न दाबेदारी प्रस्तुत गर्ने क्रम शुरु

बिआरटीनेपाल २०७६ जेठ ११ गते ०:४९ मा प्रकाशित

बेलायतमा प्रधानमनत्री टेरिजा मे ले राजिनामाको घोषणा गरेसंगै नयाँ प्रधानमन्त्रीको दावेदारी प्रस्तुत गर्ने क्रम शुरु भएको छ । बेलायतको सत्ताधारी कन्जरभेटिभ पार्टीबाट नेतृत्वका लागि दाबेदारी प्रस्तुत हुन थालेको छ ।

मेको राजिनामा घोषणा पछि पार्टीको नयाँ नेता तथा बेलायतको प्रधानमन्त्री बन्नका लागि दाबेदारी दिने नेताको नाम सार्वजनिक हुन थालेको हो । आउँदो जुलाईको अन्त्यसम्म पार्टीको नेता र देशको सम्भावित भावी प्रधानमन्त्रीको टुंगो लाग्ने कन्जरभेटिभ पार्टीले जनाएको छ । आउँदो जुन ७ मा पार्टीको नेताबाट राजीनामा दिने प्रधानमन्त्रीले मे ले शुक्रबार घोषणा गर्नुभएको थियो ।

अहिलेसम्म विदेशमन्त्री जेरेमी हन्ट, अन्तर्रा्ष्ट्रिय विकास मन्त्री रोरी स्टेवार्ट, पूर्व विदेश मन्त्री बोरिस जोन्सन र पूर्व कार्य तथा पेन्सन मन्त्री एस्थर म्याकभेयीले दाबेदारी प्रस्तुत गर्नुभएको छ । दाबेदारीको सूचिमा अझै धेरै नेताहरुको नाम थपिने बिबिसीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू