अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:५७ | Colorodo: 19:12

६०० भन्दा बढीले यस सिजनमा सगरमाथा आरोहण गरेको अनुमान

बिआरटीनेपाल २०७६ जेठ ११ गते ०:२६ मा प्रकाशित

यस बर्ष जारी सिजनमा ६०० सय जनाभन्दा बढीले सगरमाथा आरोहण गरेका छन्। मे १४ देखि मे २४ सम्म उक्त संख्यामा शेर्पासहित स्वदेशी तथा विदेशी आरोहीले सगरमाथाको आरोहण गरेको पर्यटन विभागकी निर्देशक मीरा आचार्यले जानकारी दिनुभयो । निर्देशक आचार्यका अनुसार यो संख्यामा केही थपघट हुनसक्ने सम्भावना छ ।

आरोहण सुरु भएको मे १४ देखि मे २४ सम्म अधिकांश आरोही शिखरमा पुगिसकेको आधार शिविरमा रहेका पर्यटन विभागका सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार मे २७ मा करिब २५ आरोहीले आरोहण गर्दैछन् । आरोहण अनुमति लिएका आरोही र क्लाम्बिङ गाइड, शेर्पासहित एकै दिन १२० भन्दा बढीले शिखरमा पाइला टेकेको सम्पर्क अधिकृत श्रेष्ठले बताउनुभयो । यस सिजनमा सगरमाथा आरोहणका लागि ४४ आरोही समूहका ३८१ ले आरोहण अनुमति लिएका छन्।

सगरमाथा आरोहण सुरु भएको ६६ वर्ष यता यो संख्या अहिलेसम्मकै उच्च रहेको निर्देशक आचार्य बताउनुहुन्छ । सन् २०१८ को यही सिजनमा ३८ आरोही समूहका ३४६ ले आरोहण अनुमति लिएका थिए भने सन् २०१७ मा ४३ आरोही समूहका ३६६ आरोहीले अनुमति लिएका थिए। सन् २०१४ मा हुदहुद आँधी र सन् २०१५ मा भूकम्पका कारण सगरमाथा आरोहण रोकिएको थियो।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू