अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:२१ | Colorodo: 21:36

अमेरिकालाई गाली गरिएको गीत बन्यो चीनमा भाइरल (भिडियो सहित)

बिआरटीनेपाल २०७६ जेठ १० गते २३:२३ मा प्रकाशित

चीनमा आएको नयाँ प्रोपोगान्डा गीत ‘काराओके’ निकै चर्चामा आएको छ । सो गीत अहिले चीन र अमेरिकामा चलिरहेको व्यापार युद्धलाई लिएर अमेरिकालाई गाली गरेर बनाइएको छ ।

चीनको सामाजिक सञ्जाल वी च्याटमा त्यो निकै चर्चित भइरहेको पाइएको छ । चीनका पूर्व सरकारी अधिकारीले लेखेको सो गीतलाई गएको शुक्रबार वी च्याटमा राखिएकोमा हजारौं पटकसम्म त्यो हेरिएको छ ।

सो गीतमा अमेरिकाको कडा शब्दमा आलोचना रहेको छ । चीनमा गीत मार्फत सरकारी निकायबाट देशका युवा माझ सन्देश दिने गरिन्छ ।

गएको हप्ता चीनका पूर्वकर्मचारी तथा गीतकार झाओ लियाङ्गटनले सो गीत सामाजिक सञ्जालमा हालेका थिए । ३ मिनेटको उक्त भिडियो केही बेरमै भाइरल भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू