अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:४६ | Colorodo: 09:01

प्रमोद खरेलको ‘कहाँ गयौ तिमी’ सार्वजनिक (भिडियोसहित)

बिआरटीनेपाल २०७६ जेठ १० गते २२:४४ मा प्रकाशित

गायक प्रमोद खरेलको आवाजमा ‘कहाँ गयौ तिमी’ बोलको नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतमा दुर्गाप्रसाद कडरियाको शब्द तथा रमेश श्रेष्ठको संगीत रहेको छ । बिनय केटुले संगीत संयोजन गरेको गीतको सम्पादन असोक महर्जनले गर्नुभएको छ ।

पूर्वका विभिन्न रमणीय स्थलहरुमा छायांकन गरिएको म्युजिक भिडियोमा अभिनेत्री केकी अधिकारी र रोहित घिमिरेलाई प्रस्तुत गरिएको छ । ग्लोरी मिडियाले छायांकन गरेको म्युजिक भिडियोको निर्देशन कैलाश रेग्मीले गर्नुभएको हो । म्युजिक भिडियोमा चोखो मायामा धोका पाउँदाको पीडाको कथा प्रस्तुत गरिएको छ ।

प्रतिक्रिया