अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:०६ | Colorodo: 17:21

अमेरिकाले साउदी अरेबियालाई ८ अर्ब डलरको हतियार बेच्ने

बिआरटीनेपाल २०७६ जेठ १० गते २२:३७ मा प्रकाशित

अमेरिकाले साउदी अरेवियालाई अर्बौ मूल्य बराबरको हतियार बेच्ने भएको छ । इरानसँग तनाव बढ्दै गएका बेला अमेरिकाले साउदी अरेबियालाई ८ अर्ब अमेरिकी डलर बराबरको हतियार बेच्ने भएको हो ।

राष्ट्रपति ट्रम्पले हतियार बेच्ने प्रक्रियामा कंग्रेसलाई बाइपास गर्दै यस्तो निर्णय गर्नुभएको अमेरिकी संचारमाध्यमहरुले जनाउका छन् । संघीय कानून अन्तर्गत निकै दुर्लभ रुपमा मात्रै प्रयोग हुने प्राबधानमार्फत ट्रम्पले हतियार बेच्ने प्रक्रियामा कंग्रेसलाई बाइपास गर्नुभएको हो ।

सामान्य रुपमा हतियारको कारोबार सम्बन्धी प्रस्ताव सुरुमा कंग्रेसबाट स्वीकृत गराउनु पर्छ । इरानसँग तवनाका कारण राष्ट्रिय सुरक्षामा चुनौती थपिएकाले यस्तो गरिएको ट्रम्पले दाबी गर्नुभएको छ । अमेरिकी हतियार किन्न लागेको साउदी अरेयिबा इरानको चिरप्रतिद्वन्द्वी हो । तर हतियार सर्वसाधारण नागरिकमाथि प्रयोग हुन सक्ने खतरा रहेको भन्दै विभिन्न पक्षले चासो र चिन्ता व्यक्त गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू