अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:५६ | Colorodo: 22:11

नयाँ सरकार गठनका लागि भारतीय प्रधानमन्त्री मोदीद्धारा राजीनामा

बिआरटीनेपाल २०७६ जेठ १० गते २२:२० मा प्रकाशित

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पुनः नयाँ सरकार गठनका लागि पदबाट राजिनामा दिनुभएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार आउँदो साता मोदीको शपथ ग्रहण कार्यक्रम छ । पुनः प्रधानमन्त्री बन्न उहाँले आफ्नो पदबाट राजीनामा दिनुभएको हो । प्रधानमन्त्री मोदीले राष्ट्रपति रामनाथ कोविन्द समक्ष राजीनामा बुझाउनुभएको हो ।

सम्पन्न भारतीय लोकसभा निर्वाचनमा कुल ५४२ सिट मध्ये भारतीय जनता पार्टी (भाजपा) ले ३०३ सिट जितेको छ । यो नतिजासँगै वर्तमान प्रधानमन्त्री नरेन्द्र मोदी फेरि पाँच वर्षका लागि प्रधानमन्त्री बन्दै हुनुुहुन्छ । राष्ट्रपति कोविन्दले मोदीको राजीनामा स्वीकृत गरेको भारतीय राष्ट्रपति कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू