अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:२३ | Colorodo: 09:38

व्यापार युद्धले अन्तर्राष्ट्रिय आर्थिक वृद्धि प्रभावित हुन्छ –  आइएमएफ

बिआरटीनेपाल २०७६ जेठ १० गते २२:१८ मा प्रकाशित

अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले अमेरिका र चीनवीचको व्यापार तनावका कारण विश्वको आर्थिक गतिविधि कमजोर हुने बताउको छ । व्यापार तनावका कारण उपभोक्ताका लागि मूल्य वृद्धि हुँदा सन् २०१९ को अन्तर्राष्ट्रियआर्थिक वृद्धि प्रभावित हुने उसले चेतावनी समेत दिएको छ ।

विश्व मुद्रा कोषका प्रमुख अर्थशास्त्री गीता गोपीनाथले व्यापार तनावका कारण अमेरिका र चीनका उपभोक्ताहरू बढी प्रभावित बन्ने टिप्प्णी गर्नुभयो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनले कर वृद्धिको रकम तिरेकोको दावी गर्दै यसबाट अमेरिकी अर्थतन्त्र प्रभावित नहुने दावी गरेपनि गोपीनाथले ट्रम्पको सो दावीको खण्डन गर्नुभएको छ ।

गोपीनाथ तथा उहाँका सहयोगी अर्थशास्त्रीहरूका अनुसार यदि अमेरिकाले चीनबाट आयात गर्ने सामानमा थप कर वृद्धि गर्ने हो भने यसबाट विश्वको कुल ग्राहस्थ उत्पादनलाई करिब एक तिहाई प्रतिशत अङ्क कममा पारिदिनेछ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू