अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:३७ | Colorodo: 12:52

राजा वीरेन्द्रका एडिसी थापाको निधन

बिआरटीनेपाल २०७६ जेठ १० गते २१:५८ मा प्रकाशित

राजा वीरन्द्रका एडिसी नेपाली सेनाका अवकाश प्राप्त उपरथी ताराबहादुर थापाको ७४ वर्षको उमेरमा निधन भएको छ । थापा वीरेन्द्रका प्रिय र निकट हुनुहुन्थ्यो । भारतको नयाँदिल्लीमा उपचारका क्रममा फोक्सोमा समस्या भएका कारण उहाँको निधन भएको पारिवारिक स्रोतले बताएको छ ।

थापाको पार्थिव शरीर शनिबार नै काठमाडौं ल्याउने तयारी भइरहेको छ । पूर्वराजा ज्ञानेन्द्रले थापालाई थाइल्याण्डका लागि राजदूतको जिम्मेवारी समेत दिनुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू