अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:२७ | Colorodo: 17:42

सरकार मानव अधिकारको प्रत्याभूति गराउन गम्भिर भएन– अध्यक्ष शर्मा

बिआरटीनेपाल २०७६ जेठ १० गते ८:१७ मा प्रकाशित

राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले सरकार मानव अधिकारको प्रत्याभूति गराउन गम्भिर नभएको आरोप लगाउनुभएको छ । अध्यक्ष शर्माले सरोकारवाला निकायसँग छलफल नै नगरी किन राष्ट्रिय मानव अधिकार आयोग सम्बन्धि विधेयक संसदमा पेश गरेको ? भनी सरकारलाई प्रश्न पनि गर्नुभयो ।

शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले मानव अधिकारसम्बन्धि राष्ट्रिय–अन्तराष्ट्रिय फोरमहरुमा प्रतिवद्धता जनाएको सरकारले त्यसका लागि आवश्यक कानुन बनाउन भने नचाहेको दावी गर्नुभयो । अध्यक्ष शर्माले सरकारकै संरक्षणमा मानव अधिकार हनन्को घटना बढदै गईरहेको पनि बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू