अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:१३ | Colorodo: 20:28

गायक स्वरूप राज आचार्यको प्रतिज्ञा प्रेमको भिडियो सार्वजनिक

बिआरटीनेपाल २०७६ जेठ ९ गते २२:४६ मा प्रकाशित

सुगम सङ्गीतको क्षेत्रमा निकै रुचाइएका सदाबहार गायक स्वरूप राज आचार्य र गायिका विमला गुरुङको स्वरमा सजिएको आधुनिक गीत “प्रतिज्ञा प्रेमको” भिडियो सार्वजनिक भएको छ । गीतमा प्रेमिल जोडिको मनको भित्री भावनालाई समेटिएको छ ।

अर्जुन थापा मगरको शब्द तथा सङ्गीत एवम एरेन्जमा गीत तयार पारिएको हो । मायालुलाई मायाको सुनौलो संसारमा लग्नको लागी गायक निकै हतारिएका छन् । दुनियाँले मायाको बाटोमा फाटो बनाउन खोजेपनी प्रेम सधैँ सफल हुने कुरा लाई गीतमा सर्वोकृष्ट रूपमा व्यक्त गरिएको छ ।

मरुभूमि नारायणको छायाङ्कन , रोशन धितालको सम्पादन तथा अर्जुन थापा मगरको निर्देशन भिडियोमा रहेको छ । ” प्रतिज्ञा प्रेमको” गीतको भिडियोमा अप्सना थापा र सुमन परियारको लोभलाग्दो अभिनय रहेको छ ।

प्रतिक्रिया