अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:१६ | Colorodo: 17:31

न्यु योर्कमा केआरएसएको पाँचौँ महाअधिवेशन हुँदै

बिआरटिनेपाल संवाददाता, न्यु योर्क २०७६ जेठ ९ गते २२:४१ मा प्रकाशित

किराँत राई सोसाइटी अफ अमेरिका (केआरएसए) पाँचौँ महाधिवेशन यही मे २६ मा न्यु योर्कमा हुने भएको छ । महाधिवेशन सँगै केआरएसएको च्याप्टरहरूको अधिवेशन पनि सँगै हुने बताइएको छ ।

महाधिवेशन तथा अधिवेशनले केआरएसए केन्द्र र च्याप्टरको नयाँ नेतृत्व चयन गर्ने छ । ‘अमेरिकाका विभिन्न राज्यमा रहेका किराँत राई समुदाय नयाँ नेतृत्व चयनका लागि न्यु योर्क आउनु हुनेछ,’ केआरएसएका बोर्ड चेयर प्रमोद थुलुङले भने ‘केआरएसएको प्रगति प्रतिवेदन, साङ्गठनिक तथा आर्थिक प्रतिवेदन, आगामी कार्य योजना खास गरी माङ्खिम, विधान संशोधन र बजेटका विषयमा घनिभूत छलफल हुनेछ ।’

किराँत राई समुदायका लागि माङ्खिम (चुल्हा घर) हिन्दुहरूको मन्दिर र क्रिश्चियनहरुको चर्च जस्तै हो । माङ्खिममा किराँत राईहरूले जन्मदेखि मृत्युसम्म गरिने धेरैजसो रसम रिजाव गर्छन् । यो केआरएसएको ‘ड्रिम प्रोजेक्ट’ हो । त्यस्तै, केआरएसएको विधानमा कार्यकारी निकाय र नीति निर्माण गर्ने निकाय फरक छ । स्रोतका अनुसार दवै निकाय एउटै बनाउने विषयमा गृहकार्य भइरहेको छ ।

किराँत राई जातिको भाषा, संस्कार र संस्कृति जगेर्ना गर्ने उदेश्यले केआरएसए मे २००३ मा स्थापना भएको जातीय संस्था हो । ‘अमेरिकाका विभिन्न राज्यमा रहेका हामी राईहरू भेला भएर सन् २००३ मे मा वासिङ्टन डिसीमा साकेला नाच्यौँ,’ केआरएसएका वरिष्ठ उपाध्यक्ष खगेन्द्र राईले भने, ‘त्यसपछि हामीलाई राई जातीलाई एकताबद्ध राख्न र विभिन्न गतिविधि गर्न संस्था आवश्यक भएको महसुस भयो । लगत्तै सन् २००४ मे मा किराँत राई सोसाइटी अफ अमेरिका विधिवत रूपमा दर्ता ग¥र्यौं ।’

केआरएसएको पहिलो अध्यक्ष डाक्टर राजकुमार राई हुन् भने पहिलो बोर्ड चेयर डाक्टर कल्याणी राई हुन् । सन् २००७ मेमा न्यु योर्कमा भएको पहिलो महाधिवेशनले अध्यक्षमा प्रकाश राईलाई निर्वाचित ग¥यो । सन् २०१० मा कोलोराडोमा भएको दोस्रो महाधिवेशनले अध्यक्षमा आकाश राई र बोर्ड चेयरमा मणि बाङ्देल राई निर्वाचित ग¥यो । सन् २०१३ मा न्यु योर्कमा भएको तेस्रो महाधिवेशनले अध्यक्ष र बोर्ड चेयरमा पुनः आकाश राई र मणि बाङ्देल राईलाई निर्वाचित गर्‍यो ।

सन् २०१६ मे २१ कोलोराडोमा भएको चौथो महाधिवेशनले अध्यक्षमा चन्द्र राई र बोर्ड चेयरमा प्रमोद थुलुङलाई निर्वाचित ग¥यो ।

केआरएसको अध्यक्ष दैनिक प्रशासनिक काम गर्ने कार्यकारी प्रमुख हुन् भने बोर्ड चेयर नीति निर्माण गर्ने निकाय प्रमुख हुन् । सन् २००५ मा केआरएसएको न्यु योर्क च्याप्टर, सन् २००७ मा कोलोराडो च्याप्टर र सन् २०१९ मा टेक्सस च्याप्टर गठन भएको छ । न्यु योर्क च्याप्टरका वर्तमान अध्यक्ष अध्यक्ष भारती राई र टेक्सस च्याप्टरका अध्यक्ष दिलीप राई हुन् । कोलोराडो च्याप्टरमा नयाँ कार्यसमिति निर्माण गर्ने तयारी छ । केआरएसएको अमेरिका भर २ सय ५० भन्दा बढी सदस्य छन् ।

केआरएसएस किराँत राई जातिको भाषा, संस्कार र संस्कृति जगेर्ना र प्रबद्र्धनमा सक्रिय रूपमा काम गरिरहेको संस्था हो । यो संस्थाले १० वर्ष यता हरेक वर्ष नियमित रूपमा सांस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रम सुम्निमा साँझ प्रस्तुत गरिरहेको छ । त्यस्तै कम्तीमा १५ वर्ष यता हरेक वर्ष नियमित रूपमा साकेला नाच कार्यक्रम गर्छ । यो संस्था अन्य थुप्रै सामाजिक काममा सक्रिय छ ।

सम्बन्धित सामग्रीहरू