अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:२४ | Colorodo: 23:39

प्रधानमन्त्री ओलीले उद्घाटन गरेको विद्युतीय बसको सम्झौता रद्द

बिआरटीनेपाल २०७६ जेठ ९ गते ७:०८ मा प्रकाशित

प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेको विद्युतीय बसको सम्झौता रद्द हुने भएको छ । गौतम बुद्धको जन्मस्थल लुम्बिनीलाई वातावरण प्रदुषण रहित बनाउने उद्देश्यले विद्युतीय बस सेवा ल्याउने सम्झौता भएको थियो । एशियाली विकास बैंक (एडिबी) अनुदान सहायतामा लुम्बिनी क्षेत्रमा ५ वटा विद्युतीय बस र ११ वटा विद्युतीय कार संचालन गर्ने योजना थियो ।

सोही अनुरुप पर्यटन मन्त्रालयले गाडी आपूर्ती गर्नका लागि बिवाईडी अटो ईन्डस्ट्रिज प्रालिसगँ सम्झौता गरेको थियो । तर, बिवाईडी कम्पनीले सम्झौता अनुसारको बस उपलब्ध नगराएपछि सम्झौता रद्द गर्ने प्रक्रियामा पुगेको संस्कृती, पर्यटन तथा नागरिक उड्डन मन्त्रालयका प्रवक्ता घनश्याम उपाध्यायले जानकारी दिनुभयो ।

करिब २८ करोडको लागतमा लुम्बिनीमा संचालन गर्नका लागि लुम्बिनी क्लिन पब्लिक ट्रान्सपोर्ट प्रोजेक्ट अन्र्तगत ल्याइएको उक्त विद्युतीय सवारी साधन निकै तामझामका साथ काठमाडौँ प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नुभएको थियो । तर, संचालनमा आउन नपाउँदै पर्यटन मन्त्रालय सम्झौता रद्द गर्ने प्रक्रियामा पुगेको छ ।

प्रतिक्रिया