अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:३० | Colorodo: 09:45

नेपाली मुलका शर्मा बेलायतमा मेयर निर्वाचित

बिआरटीनेपाल २०७६ जेठ ९ गते ७:०६ मा प्रकाशित

बेलायतको राजनीतिमा लामो समयदेखि सक्रिय पर्वत बिहादीमा डा. जगन्नाथ शर्मा मेयरमा निर्वाचित हुनुभएको छ । उहाँ नर्थ योर्कशायरको कोलबर्न टाउन काउन्सिलको मेयरमा निर्वाचित हुनुभएको हो ।

सोमवार भएको स्थानीय काउन्सिलरहरु बीच को निर्वाचनमा शर्माले दुई तिहाई मत प्राप्त गर्दै मेयरमा निर्वाचित हुनुभएको हो । शर्माले स्थानीय आर्मी मेडिकल अस्पतालमा स्पोर्टस् डाक्टरको रुपमा हेड अफ डिपार्टमेन्टको जिम्मेवारी समेत समाल्दै आउनुभएको छ ।

शर्मा यसअघि सो क्षेत्रमा तीन पटकसम्म काउन्सिलर र उपमेयरमा समेत निर्वाचित हुनुभएको थियो । मेयर पदमा निर्वाचित भए संगै शर्माले आफ्नो क्षेत्रमा नेपाली समुदाय र बेलायती बीच रहेर पुलको रुपमा काम गर्ने प्रतिक्रिया दिनुभयो । उहाँले नेपाल र बेलायतबीचको सम्वन्धलाई जनस्तरमा लैजान समेत पहल गर्ने प्रतिवद्धता समेत जनाउनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू