अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:३८ | Colorodo: 15:53

बेल्जियममा २५६३ औं बुद्ध जयन्ती मनाइयो

जीवन तमु २०७६ जेठ ८ गते ८:३८ मा प्रकाशित

बेल्जियम गत १८ मई २०१९ शनिवारका दिन आदिवासी जनजाति महासङ्घ बेल्जियमको आयोजनामा विभिन्न ८ जातीय समाजहरूको साथै एभरेस्ट नेपाली समाज ब्रुग्गे र सत्कर्म समूह एन्ट््वेर्पेनको सहभागितामा विश्व शान्तिका अग्रदूत गौतम बुद्धको “२५६३औ जन्म जयन्ती” जगथ स्थित गुम्बामा विशेष पूजा-आज गरी भव्यताका साथ मनाइयो । बेल्जियमका विभिन्न सहरबाट श्रद्दालुजनहरुको सुविधालाई मध्यनजर राख्दै गुम्बासम्म आउनको लागी बसको व्यवस्था गरिएको थियो भने श्रद्धालुहरूको लागी सादा शाकाहारी खानाको पनि व्यवस्था गरिएको थियो ।

कार्यक्रममा नेपाल दूतावास ब्रसेल्सका प्रतिनिधि, गैर आवासीय नेपाली सङ्घ बेल्जियमका अध्यक्ष तथा विभिन्न सङ्घसंस्थाका प्रमुख एवं प्रतिनिधिहरूको गरिमामय उपस्थिति रहेको थियो भने यस कार्यक्रममा महासङ्घका महासचिव नन्दराज घलेबाट विशेष अतिथि, सहभागी संघरसस्थाका अध्यक्ष एवं प्रतिनिधिहरूलाई स्वागत र धन्यवाद दिनुभएको थियो । लामा गुरुले पूजापाठ गरी सकेपछी शान्तिको कामना सहित सहभागीहरूले गुम्बा परिक्रमा गरेका थिए । हरेक कार्यक्रमको मुख्य मेरुदण्ड भन्नु नै आर्थिक रहेको हुँदा, यस कार्यक्रममा आर्थिक सहयोग गर्न हुने मनकारी दाताहरूलाई धन्यवाद सहित कृतज्ञता प्रकट गर्नु भएको थियो । त्यस्तै सादा खाना बनाउन ञ सेफ कुकको भूमिका खेल्नु हुने होम गुरुङ र जामकाजी गुरुङ लगायत भान्छामा सहयोगीको भूमिका निभाउन हुने सम्पूर्णलाई खादा लगाई धन्यवाद दिनु भएको थियो ।

अन्त्यमा तमु समाज, बेल्जियमका अध्यक्ष श्रीमती नन्द कुमारी तमुस्यो, शेर्पा किदुग बेल्जियमका अध्यक्ष श्री सोनाम शेर्पा, विश्व मगर सङ्घ बेल्जियमका अध्यक्ष श्री लोक राना, तामाङ समाज बेल्जियमका अध्यक्ष राम लामा लगायत महासङ्घका पदाधिकारीहरूको रोहबरमा गुम्बाका मुख्य व्यक्तिलाई भेटी धन्यवादका साथ केही आर्थिक सहयोग गरिएको थियो । कार्यक्रममा भगवान् बुद्धको जन्म जयन्तीको अवसरमा तयार परेको केक काटिएको थियो भने सहभागीहरू चढेको बसमा Buddha was born in Nepalलेखेको ब्यानर प्रयोग गरेको थियो । यस कार्यक्रममा करिब २५० जनाको उपस्थिति रहेको थियो । विगतका वर्षहरूमा बुद्ध जयन्ती जातीय समाजहरूको सामुहिकतामा मनाउँदै आएको भए पनि यस पटक भने आदिवासी जनजाति महासङ्घ बेल्जियमको आयोजनामा सम्पन्न भएको थियो । 

फोटो: जीवन गुरुङ

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू