अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:१० | Colorodo: 01:25

दैलेखमा जीप दुर्घटना हुँदा १४ जना घाइते

बिआरटीनेपाल २०७६ जेठ ८ गते ८:३६ मा प्रकाशित

दैलेखमा यात्रुबाहक जीप दुर्घटना हुँदा १४ जना घाईते भएका छन् । दैलेख सदरमुकामबाट भैरवी गाउँपालिकाको कुसापानीतर्फ जाँदै गरेको भे १ च २८०१ नम्बरको बलेरो जीप दुर्घटना भएको हो । सदरमुकामको गणेशचौकको पश्चिम खण्ड नारायण नगरपालिका–२ को जाहारकोट जाने सडक नजिक जीप दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइतेको अधिकांश टाउकोमा चोट लागेको छ ।

६ सिट क्षमता भएको जीपमा १४ जना यात्रु सवार रहेको बताइएको छ । सडकबाट करिव ५० मिटर तल खसेको जीप रुखमा अड्केको छ । सदरमुकाम नजिकै जीप दुर्घटना भएकोले तत्कालै प्रहरीले घाइतेको उद्धार गरेर जिल्ला प्रहरी कार्यालय दैलेखमा उपचार भएको छ ।

जीपमा सवार बालक सन्दीप विकको होस नखुलेको र दुर्घटनामा घाइते भएका रमेश शाही, हिक्मत बिक, गणेश उपाध्याय, सीमा शाही, केशव शाही, लोकेस शाही, अमृता विष्ट, अर्पण शाही लगायतको उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू