अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:३६ | Colorodo: 04:51

भ्रष्टाचारमा मुछिएपछि सरकारद्धारा नेपाल रेडक्रसको कार्य समिति भङ्ग

बिआरटीनेपाल २०७६ जेठ ८ गते ८:३४ मा प्रकाशित

भ्रष्टाचारमा मुछिएपछि नेपाल सरकारले नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यसमिति भंग गरेको छ । परोपकारी संस्थाका अध्यक्ष सञ्जीव थापा नेतृत्वको समितिलाई जिल्ला प्रशासन कार्यालय काठमाडौंले भंग गरिदएको हो । जिल्ला प्रशासले मंगलबारबाटै लागू हुने गरी वर्तमान कार्य समिति भंग गर्ने निर्णय गरेको सहायक प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले जानकारी दिनुभयो ।

थापा नेतृत्वको रेडक्रसमा भवन निर्माण तथा अन्य गतिविधिका क्रममा अर्बौँ रुपैयाँ भ्रष्टाचार गरेको आरोप लागेको छ । थापाको कार्यकालमा राहत सामग्री खरिददेखि गोदाम घर निर्माणसहितका पूर्वाधारको काम अघि बढाउँदै टेन्डर प्रक्रियामै गोलमाल भएको भन्दै विभिन्न निकायमा उजुरी परेको छ ।

प्रशासनले थापा नेतृत्वको समिति भंग गर्दै प्रा.डा. विश्वकेशर मास्केको अध्यक्षतामा १७ सदस्यीय तदर्थ समिति गठन गरेको छ ।

भ्रष्टाचारमा मुछिएको भन्दै थापा नेतृत्वको कार्यसमितिले बैशाख २३ देखि २५ सम्म धरानमा गर्न लागेको महाधिवेशन पनि प्रशासनले रोकिदिएको थियो।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू