अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:४७ | Colorodo: 08:02

इन्डोनेसियामा विडोडो पुनः निर्वाचित भएपछि विरोध प्रदर्शन, ६ जनाको मृत्यु

बिआरटीनेपाल २०७६ जेठ ८ गते ८:२८ मा प्रकाशित

इन्डोनेसियामा हालै सम्पन्न राष्ट्रपति निर्वाचनमा वर्तमान राष्ट्रपति जोको विडोडो पुनः निर्वाचित भएको घोषणापछि राजधानी जकार्ता लगायतका शहरमा भएको विरोध प्रदर्शनका क्रममा ६ जनाको मृत्यु भएको छ ।

घटनामा २ सय जना घाइते भएका छन् । इन्डोनेसियामा हिजो घोेषित मत परिणामअनुसार राष्ट्रपति जोको विडोडोले ५५.५ र उहाँका निकटतम प्रतिद्वन्द्वी विपक्षी दलका नेता पूर्व सैनिक जनरल प्रबोवो सुविआन्तोले ४४.५ प्रतिशत मत प्राप्त गर्नुभएको थियो । प्रबोवो सुविआन्तोका समर्थकहरुले राजधानी जकार्तामा आगजनी र तोडफोड गरेपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले गोली चलाउँदा ६ जनाको मृत्यु भएको हो । प्रहरीले २० जना प्रदर्शनकारीलाई पक्राउ गरेको छ ।

निर्वाचन आयोगले वर्तमान राष्ट्रपति विडोडोलाई राष्ट्रपति घोषणा गरे पनि प्राबोवोले निर्वाचनमा धाँधली भएको भन्दै निर्वाचन आयोगको औपचारिक कागजातमा हस्ताक्षर गर्न नमानेको बताइएको छ । प्रदर्शनलाई नियन्त्रणमा लिन जकार्तामा मात्रै ३० हजार सुरक्षाकर्मी परिचालन गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू