अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:४७ | Colorodo: 22:02

नेकपा अध्यक्ष प्रचण्ड र बेलायती मन्त्री सगबीच भेटवार्ता

बिआरटीनेपाल २०७६ जेठ ८ गते ८:२६ मा प्रकाशित

नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग बेलायतको अन्तर्राष्ट्रिय विकास विभागमन्त्री बरोनेस सगले भेटवार्ता गर्नुभएको छ । खुमलटारमा भएको भेटमा नेपालको वर्तमान राजनीति र आर्थिक समृद्धिका विषयमा छलफल भएको प्रचण्डको सचिवालयले जानकारी दिएको छ।

भेटमा अध्यक्ष प्रचण्डले नेपालमा राजनीतिक स्थिरता कायम भएको र आफूहरू आर्थिक समृद्धिका लागि अगाडि बढेको सगलाई जानकारी गराउनुभएको थियो । शान्ति प्रक्रिया, नयाँ संविधान र तीन तहको निर्वाचन पश्चात अबको लक्ष्य आर्थिक समृद्धि रहेको प्रचण्डको भनाइ थियो। सो अवसरमा अध्यक्ष प्रचण्डले मुलुकमा लगानीमैत्री वातावरणका लागि वर्तमान समय उचित रहेको बताउँदै कृषिमा आधारित उद्योग, पर्यटन, जलविद्युत र भौतिक पूर्वाधारका क्षेत्रमा लगानी आवश्यक रहेको औल्याउनुभएको थियो ।

बेलायतकी मन्त्री सगले नेपालमा महिलाहरूको राजनीति र सामाजिक क्षेत्रमा भएको सहभागिताले आफू अत्यन्त प्रभावित बनेको बताउनुभयो । उहाँले स्थानीय, प्रदेश र केन्द्रका निर्वाचनमा महिलाहरूको सहभागिता दुनियाँका लागि उदाहरणीय कार्य भएको उल्लेख गर्नुभयो । मन्त्री सगले नेपालको आर्थिक समृद्धिको निम्ति बेलायत सरकार पनि सहयोगका लागि तत्पर रहेको भन्दै प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू