अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:४२ | Colorodo: 05:57

राजस्व अनुसन्धान विभाग प्रधानमन्त्री कार्यालय मातहत ल्याएपछि नतिजा देखिएको अर्थमन्त्रीको भनाई

बिआरटीनेपाल २०७६ जेठ ८ गते ८:२३ मा प्रकाशित

अर्थमन्त्री डा. युवराज खतिवडाले राजस्व अनुसन्धान विभाग प्रधानमन्त्री कार्यालय मातहत ल्याएपछिको नतिजा देखिन थालेको बताउनुभएको छ । आज संसदमा राजस्व चुहावट, अनुसन्धान र नियन्त्रण (पहिलो संशोधन) विधेयक, २०७५ माथि उठेका प्रश्नको जवाफ दिँदै मन्त्री खतिवडाले विभाग प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय मातहत ल्याएपछि राजस्व चुवाहट गर्ने कर्मचारी र व्यापारी कानूनी दायरामा आएको बताउनुभएको हो ।

अहिले रिजल्ट देखिदैछ, गत एक वर्षमा विभिन्न ठाउँमा राजस्वसँग सम्बन्धित अनियमितता गर्ने कर्मचारी व्यवसायी धेरै ठूलो संख्यामा कानूनको दायरामा आइसकेका छन्, उहाँले भन्नुभयो । राजस्व उठाउने निकायले नै यसमा भएका अनियमितता अनुसन्धान गर्दा स्वार्थ बाझिने अवस्था आउने भन्दै अर्थमन्त्री खतिवडाले राजस्व अनुसन्धान विभाग प्रधानमन्त्री कार्यालय मातहत नै लगिएको ठीक भएको बताउनुभएको हो ।

राजस्व अनुसन्धानलाई अझै व्यवस्थित गर्दै लैजान जरिवाना गर्ने, मुद्दा चलाउने र प्रदेश तथा स्थानीय तहमा राजस्व संकलन गर्दा हुने चुहावटमा कारबाही गर्न संशोधन विधेयक ल्याएको अर्थमन्त्री खतिवडाले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू