अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:३३ | Colorodo: 06:48

सरकारले राज्य नियन्त्रित प्रेस बनाउन खोजेको काँग्रेसको आरोप

बिआरटीनेपाल २०७६ जेठ ८ गते ८:२२ मा प्रकाशित

प्रमुख विपक्षी नेपाली काँग्रेसले सरकारले राज्य नियन्त्रित प्रेस बनाउन खोजेको आरोप लगाएको छ । संसदमा दर्ता भएको मिडिया काउन्सिल विधेयक स्वीकार्य नभएको भन्दै काँग्रेसले सदनमा प्रवेश नै नगराउन माग गरेको छ ।

संसदको आजको बैठकमा विशेष समय लिएर बोल्दै काँग्रेस सचेतक पुष्पा भुसालले संविधानको मूल्य मान्यताविपरित विधेयक आएको बताउनुभयो । गलत नियतका साथ विधेयक आएको भन्दै भूसालले सरकारलाई शक्तिको भोक जागेको र राज्य नियन्त्रित प्रेस बनाउन खोजेको आरोप लगाउनुभयो ।

विधेयकलाई संसदको प्रक्रियामा नै नल्याउन पनि भुसालले माग गर्नुभयो । भुसालले मानवअधिकार आयोगसम्बन्धी विधेयकको पनि विरोध गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू