अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:०९ | Colorodo: 11:24

स्कुल भवनको प्रतिनिधि सभाका सदस्य मोहन आचार्यद्वारा उद्घाटन

बिआरटीनेपाल २०७६ जेठ ७ गते १०:२७ मा प्रकाशित

रसुवा– भूकम्पले पूर्ण क्षति गरेको घोर्मु प्राविको भवन निर्माण गरिएको छ । भूकम्प गएको चार वर्षसम्म अस्थायी सिकाइ केन्द्रबाट पठनपाठन सञ्चालन हुँदै आएको थियो ।

जिल्लाको नौ कुण्ड गाउँपालिका–६ घोर्मुमा निर्माण गरिएको नवनिर्मित भवनको प्रतिनिधि सभाका सदस्य मोहन आचार्यले आइतबार उद्घाटन गरेका हुन् । हाइ हिमालयन ट्रेकिङ एण्ड एक्सिडेसन प्रालिले ८ कोठे भवन निर्माण गरेको हो ।

१ करोडको लागतमा भवन निर्माण गरिएको विद्यालयका प्रधानाध्यापक विष्णु प्रसाद पौडेलले बताए । भवन निर्माण भएसँगै पठनपाठनमा सहज भएको छ । यो विद्यालयमा ६९ विद्यार्थी अध्ययनरत छन् । 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू