अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:२४ | Colorodo: 14:39

नागरिकबिच आपसी सहकार्य गर्न युपीएफ नेपाल र अमेरिका च्याप्टरबिच सम्झौता

बिष्णु गिरी २०७६ जेठ ७ गते १०:१४ मा प्रकाशित

न्यु योर्क, राष्ट्रसंघीय आर्थिक सामाजिक परिषद्को महासमिति सल्लाहकार (ग्ल्भ्ऋइक्इऋ) को मान्यता प्राप्त संस्था युनिर्भसल पिस फेडेरेसन नेपाल र अमेरिकन च्याप्टरका बिचमा आपसी हित र पारस्परिक सहयोग बारेको समझदारी पत्रमा हस्ताक्षर भएको छ । सोमबार न्यु योर्क स्थित होटेल न्यूयोर्कर स्थित यु.पी.एफ. कार्यालयमा हस्ताक्षर गरिएको युपीएफ नेपालका उपाध्यक्ष सन्तोष कुमार पौडेलले जानकारी दिए । 

सो समझदारीमा भाइचारा, विकास आदान प्रदान, फेडेरेसनको दुवै च्याप्टरको आपसी हितका लागि ज्ञान र सहयोगको आदान प्रदान गर्ने र आपसी सम्बन्धलाई बलियो बनाउने अपेक्षा गरिएको छ ।

युनिर्भसल पिस फेडेरेसन शान्तिका लागि समर्पित विविध क्षेत्रका प्रतिनिधि व्यक्ति तथा संस्थाहरूको अन्त धार्मिक तथा अन्तर्राष्ट्रिय सञ्जाल हो । युपीएफ् ले संयुक्त राष्ट्रसंघीय दिगो विकास लक्ष्य हासिल गर्न तथा सयुत्त राष्ट्रसंघका अन्य विविध कार्यक्रमहरू प्रवर्द्धनका लागि सहयोग गर्दै आइरहेको छ ।

समझदारी पत्रमा युर्निसल पिस फेडेरेसन नेपालका अध्यक्ष तथा पूर्वमन्त्री एकनाथ ढकाल र यु.पी.एफ.अमेरिकाका च्याप्टरका सभापति डा. माइकल ज्याङ्किन्सले हस्ताक्षर गरेका हुन् । ‘यो समझदारीले दुई मित्रराष्ट्र नेपाल र अमेरिकाका नागरिकलाई आपसी पारस्परिक हितको कार्यका लागि अझै नजिक ल्याएको छ’ युनिर्भसल पिस फेडेरेसन नेपालका उपाध्यक्ष सन्तोष कुमार पौडेलले जानकारी दिए ।