अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:१२ | Colorodo: 03:27

अनशनरत नर्सहरुको जीवन रक्षाको लागि अभियानको अपिल

बिआरटीनेपाल २०७६ जेठ ७ गते ९:३७ मा प्रकाशित

‘नेपालका लागि नेपाली’ अभियानले नर्सहरुको पेसागत सुरक्षा र अधिकारको लागि अन्याय र अत्याचार बिरुद्ध सत्याग्रहमा रहेका नर्सद्धय जीता बराल र डिकी शेर्पाको जीवन रक्षाको लागि सरकारसँग अपिल गरेको छ । नर्सद्धय बराल र शेर्पा भक्तपुरस्थित् शहिद धर्मभक्त अंग प्रत्यारोपण केन्द्रमा अनशनरत छन् । आज रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै अभियानले यस्तो अपिल गरेको हो ।

कार्यक्रममा नेपालका लागि नेपाली अभियानका अभियान्ता डा. सुरेन्द्र भण्डारीले अनशनरत नर्सको जीवन रक्षाको सवालमा राज्य गम्भिर बन्नुपर्ने धारणा राख्नुभयो । सरकारी पक्ष र अनशनरत पक्षबीच चाँडोभन्दा चाँडो वार्ता हुनुपर्ने र पेशागत हकहितमा रहेका जायज मागहरु पुरा गर्न सरकार गम्भिर बन्नुपर्ने भण्डारीको आग्रह छ ।

कार्यक्रममा बोल्दै नर्सिङ संघकी अध्यक्ष तारा पोखरेलले देशमा अहिले लगभग ४० हजार नर्सको आवश्यकता रहेको बताउँदै एउटा नर्सले आइसियुमा आठ जना बिरामीहरुलाई हेर्नुपर्ने बाध्यता रहेको सुनाउनुभयो । सरकारी कोटामा विदेश पढ्न जाने अवसर सरकारले नदिएपनि व्यक्तिगत रूपमा अध्ययनका लागि विदेश जान चाहने नर्सहरुलाई सरकारले अवसर प्रदान गर्नुपर्ने उहाँको माग छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू