अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:५९ | Colorodo: 19:14

बंगलादेशको तटीय क्षेत्रमा ६५ दिनसम्म माछा मार्न प्रतिबन्ध

बिआरटीनेपाल २०७६ जेठ ७ गते ९:३३ मा प्रकाशित

बंगलादेश सरकारले ६५ दिनका लागि माछा मार्न प्रतिबन्ध लगाएको छ । माछाको संख्या बढाउन र माछाको भण्डारणमा सन्तुलन ल्याउन भन्दै बंगलादेश सरकारले तटीय क्षेत्रमा ६५ दिनसम्म माछा मार्न प्रतिबन्ध लगाएको हो ।

सबै प्रकारका माछा मार्ने जहाजमा प्रतिबन्ध लगाइएको बंगलादेशका अधिकारीहरुलाई उद्धृत गर्दै अन्तर्रा्ष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । तर, हजारौंको संख्यामा रहेका माछा मार्ने समुदाय भने सरकारी निर्णयको विरोधमा देखिएका छन् ।

उनीहरुले सरकारी निर्णयको अवज्ञा गर्दै विरोधमा उत्रने तयारी गरेका छन् । सरकारले लगाएको प्रतिबन्ध आगामी २३ जुलाईसम्म लागू हुने छ ।

बंगलादेशको मत्स्यपालन तथा पशुधन मन्त्री असरफ अलीले सरकारी निर्णय संयमतापूर्वक कार्यान्वयन नभए बंगलादेशबाट माछा समाप्त हुने र यसले भविष्यमा ठूलो क्षति बेहोर्नुपर्ने बताए । बंगलादेश सरकारले प्रत्येक वर्ष २० मेदेखि २३ जुलाईसम्म माछा मार्न प्रतिबन्ध लगाउने जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू