अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:४५ | Colorodo: 17:00

नेपाल प्रहरीका खेलाडीहरुको सेवासुविधा बढ्ने

बिआरटीनेपाल २०७६ जेठ ७ गते ९:२४ मा प्रकाशित

नेपाल प्रहरीले संगठन भित्रका खेलाडीहरुको सेवा र सुविधा वृद्धि गर्ने तयारी गरेको छ । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले प्रहरी संगठनका खेलाडीहरुलाई सेवा र सुविधा वृद्धि गर्ने योजना तय गरिएको जानकारी दिनुभयो ।

मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा नेपाल प्रहरी संगठनलाई प्रतिनिधित्व गर्दै राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलकुद प्रतियोगितामा पदक विजेता खेलाडीहरुलाई सम्मान गर्दै उहाँले देशको प्रतिष्ठा बढाउने गरी खेलकुद क्षेत्रमा लागेका संगठन भित्रका खेलाडीहरुलाई छिट्टै आफ्ना सेवा र सुविधा वृद्धि हुनेमा ढुक्क रहन पनि आग्रह गर्नु भयो ।

प्रहरी महानिरीक्षक खनालले खेलकुद क्षेत्रको विकासका लागि संगठन भित्र आवश्यक व्यवस्था मिलाउने कामलाई अघि बढाइएको पनि बताउनु भयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू