अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:०७ | Colorodo: 01:22

कामी रिता शेर्पाद्धारा सगरमाथाको २४औं पटक सफल आरोहण, नयाँ विश्व रेकर्ड कायम

बिआरटीनेपाल २०७६ जेठ ७ गते ९:१७ मा प्रकाशित

नेपाली सगरमाथा आरोही कामी रिता शेर्पाले सर्वाधिक २४औं पटक सर्वोच्च शिखर सगरमाथा आरोहण गरेर विश्व रेकर्ड कायम गर्नुभएको छ । ४९ वर्षे शेर्पाले आफ्नै रेकर्ड उछिन्दै मंगलबार बिहान विश्वको सर्वोच्व शिखर सगरमाथाको २४ औं पटक सफल आरोहण गर्नुभएको हो ।

यससँगै शेर्पाले पछिल्लो एक सातामै दुई पटक सगरमाथा आरोहण समेत गर्नुभएको छ । यो पनि अर्को रेकर्ड हो । गत मे १५ मा उहाँले २३ औं पटक सगरमाथा आरोहण गर्नुभएको थियो । आरोहणपछि शेर्पाले आफ्नो जीवनमा आरोहणबाट बिश्राम लिने कुनै योजना नरहेको प्रतिक्रिया दिनुभएको छ । शेर्पाले २३ औं पटक आरोहण गर्नुअघि मिडियासमक्ष आफू ६० वर्षको उमेरसम्म आरोहण गर्नसक्ने बताउनुभएको थियो ।

पहिलोपल्ट सन् १९९४ मा पहिलो सगरमाथा आरोहण गर्नुभएका शेर्पा त्यसपछि बिभिन्न अन्तर्राष्ट्रिय कम्पनीका लागि गाइडको रुपमा काम गर्दै आउनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू