अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:४४ | Colorodo: 05:59

पाँचथर घटनाका दोषीलाइ कडा कारबाही गर्न सांसदको माग

बिआरटीनेपाल २०७६ जेठ ७ गते ९:१५ मा प्रकाशित

प्रतिनिधिसभाका सांसदले पाँचथरमा गए राति भएको घटनाको सत्यतथ्य छानबिन गरि दोषीलाई कडा कारवाही गर्न माग गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा शून्य समयमा सांसद पुष्पा भुसालले घटनामा हत्या भएका निर्दोष नागरिकप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै घटनाका सम्बन्धमा छानबिन गरी दोषीलाई कानुनी कठघरामा ल्याउन सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले घटनामा बाँच्न सफल बालिकाको उचित उपचारको प्रबन्ध गर्न पनि उहाँले आग्रह गर्नुभयो ।

यस्तै, सांसद देवेन्द्रराज कँडेलले गृहमन्त्रीले यो घटनाका बारेमा सार्वजनिक रुपमा जवाफ दिनुपर्ने धारणा राख्नुभयो । पाँचथरको मिक्लाजुङ गाँउपालिका–३ आरुबोटेमा गए राति दुई परिवारका नौ जनाको विभत्स हत्या भएको प्रहरीले जनाएको छ । गएराति स्थानीय धनराज शेर्मा र उहाँका ससुरा बमबहादुर फियाकको परिवारका नौ जनाको धारिलो हतियार प्रहार गरी हत्या भएको हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू