अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:४६ | Colorodo: 06:01

एनआरएनए अमेरिका निर्वाचन– अध्यक्षमा सुनील भारी निर्वाचित, उपाध्यक्ष र महासचिवमा बञ्जाडे र पाण्डे

बिआरटीनेपाल २०७६ जेठ ६ गते ९:४८ मा प्रकाशित

एनआरएनए अमेरिकाको अध्यक्षमा निवर्तमान बरिष्ठ उपाध्यक्ष सुनल भारी निर्वाचित हुनुभएको छ । सम्पन्न निर्वाचनमा भारीले ३ हजार ७ सय ११ मत प्राप्त गरी जित हासिल गर्नुभएको हो भने उहाँका प्रतिद्धन्दी अध्यक्ष पदका प्रत्यासी सुर्य लम्सालले १ हजार ७ सय ९७ मत प्राप्त गर्नुभएको छ । यसैगरी अध्यक्षका अर्का उम्मेद्वार संजय थापाले १ हजार ५ सय ५४ मत प्राप्त गर्नुभयो ।

संघको बरिष्ठ उपाध्यक्षमा डा. अर्जुन बञ्जाडे निर्वाचित हुनुभएको छ । उहाँले प्रत्यासीद्धय अमृत सापकोटा र नारायण कंडेलललाई पराजित गर्नुभएको हो । यसैगरी, संघको क्षेत्रीय उपाध्यक्षमा मिडवेष्टवाट बुद्धिसागर सुवेदी तथा नर्थईष्टबाट बावुराम लामा निर्वाचित हुनुभएको छ ।

यसैगरी, एनआरएनए अमेरिकाको महासचिव मा पशुपति पाण्डे निर्वाचित हुनुभएको छ । विजयी पाण्डेले ३ हजार ४२ मत प्राप्त गर्नुभएको छ । सचिव पदमा अमृत कट्टेल विजयी हुनुभएको छ । संघको कोषाध्यक्षमा नेत्रप्रसाद पोखरेल निर्वाचित हुनुभएको छ भने सह–कोषाध्यक्षमा सन्तोषकुमार बिष्ट विजयी हुनुभएको छ ।

सदस्यहरुमा सत्यनारायण चौधरी, चित्रा कार्की, धरम बिश्वकर्मा, दुर्गाप्रसाद श्रेष्ठ, छत्रकुमारी गुरुङ्ग, खिमविबक्रम भट्टराई, अमर वं छन्त्याल, चेतप्रसाद पौडेल, जीवनकुमार जोशी, पदम वं ठकुराँठी, बासुदेव घिमिरे र तिलक वं केसी चयन हुनुभएको छ ।

संघको आईसीसीमा शंकर खड्का, त्रिष्णा शर्मा, जेदुनाथ पोखरेल,शिवराज पौडेल, होमनाथ गौतम र स्वराज खाँती निर्वाचित हुनुभएको छ ।

प्रतिक्रिया