अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:२१ | Colorodo: 14:36

अल जजिराद्वारा तथ्य बंग्याउने दुई पत्रकार निलम्बित

बिआरटीनेपाल २०७६ जेठ ६ गते ९:४४ मा प्रकाशित

यहुदी नरसंहारबारे बनाइएको भिडियोमा तथ्यहरू बंग्याएर प्रस्तुत गरेको पाइएपछि कतारको अल– जजिरा टेलिभिजनले आफ्ना दुई पत्रकारलाई निलम्बित गरेको छ । दोस्रो विश्व युद्धका क्रममा नाजीहरूले यहुदीमाथि गरेको अत्याचारबारे केन्द्रीत उक्त भिडियो अल– जजिराको वेवसाइटमा राखिएको थियो ।

उक्त नरसंहारमा ६० लाख यहुदी मारिएका थिए । तर भिडियोमा उक्त संख्या बढाइचढाइ गरेको पाइएपछि पत्रकार कारबाहीमा परेका हुन्। त्यसबाहेक उक्त भिडियोमा भिन्दै देशको रुपमा इजरायलमा जन्मिनुलाई ’नरसंहारको सबैभन्दा ठूलो प्राप्ति’ का रुपमा अथ्र्याईएको थियो । होलोकास्टको सत्य र यसबाट यहुदी आन्दोलनले प्राप्त गरेको लाभ’ शीर्षकमा प्रसारित उक्त अरबी भाषाको भिडियोलाई इजरायली सरकारले ’निकृष्ट र घृणा फैल्याउने प्रकृतिको’ भनेको थियो ।

कतारका प्रसिद्ध पत्रकार मेहदी हसनले ’वाहियात सामग्री उत्पादन गर्ने पत्रकारलाई कारबाही गरेर टेलिभिजनले राम्रो काम गरेको’ प्रतिक्रिया दिएका छन् । अल– जजिराले भिडियो डिलिट गरिएको जानकारी दिँदै सबै प्रकारका जातजाति, धर्म संस्कृति र मूल्य मान्यताको सम्मान गर्ने नीतिमा अटल रहने स्पष्ट पारेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू