अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:०४ | Colorodo: 06:19

अमेरिकालाई धम्की नदिन इरानलाई राष्ट्रपति ट्रम्पको चेतावनी

बिआरटीनेपाल २०७६ जेठ ६ गते ९:३७ मा प्रकाशित

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकालाई नधम्क्याउन इरानलाई चेतावनी दिनुभएको छ । उहाँले अमेरिकालाई धम्की लगाइरहे इरानलाई सिध्याइदिने चेतावनी पनि दिनुभयो । राष्ट्रपति ट्रम्पले ट्वीट गर्दै अमेरिकासँग लड्न तयार भए ‘इरानको आधिकारिक अस्तित्वकै समाप्त हुने’ धम्की दिनुभएको हो ।

अमेरिकाको यो धम्कीले अमेरिका र इरानबीच युद्धको बादल मडारिन थालेको विश्लेषण गरिएको छ । परमाणु सम्झौतालाई लिएर अमेरिका र इरानबीच केही दिनयता तनाव बढ्दै गएको छ । सन् २०१५ मा इरानसहित अमेरिका, चीन, रुस, बेलायत, फ्रान्स र जर्मनीबीच परमाणु सम्झौता भएको थियो । यो सम्झौताको उद्देश्य इरानको परमाणु महत्वाकांक्षामा अंकुश लगाउनु थियो । अमेरिकाले गत वर्ष यो सम्झौता तोडेको थियो ।

इरानले पनि अहिले सम्झौताबाट आंशिक रुपमा अलग भएको जनाएको छ । यसैबीच अमेरिकाले मध्यपूर्वमा अत्याधुनिक हतियारसहित आफ्ना सेनाको तैनाथी बढाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू