अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:०४ | Colorodo: 07:19

राजपाका दुई केन्द्रीय सदस्यलाई थुनामा राख्न आदेश

बिआरटीनेपाल २०७६ जेठ ६ गते ९:३६ मा प्रकाशित

सरकारी छाप किर्ते अभियोगमा पक्राउ परेका राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका केन्द्रीय सदस्यद्वय विपी यादव र हरि मण्डललाई पूर्पक्षकालागि थुनामा राखिएको छ । सप्तरी जिल्ला अदालतका न्यायधीश उमेश कोइरालाको इजलाशले उनीहरुलाई पूर्पक्षकालागि थुनामा राख्ने आदेश दिएको हो । अदालतको आदेशपछि उनीहरुलाई राजबिराज कारागार चलान गरिएको ५ । सरकारी छाप किर्ते अभियोगमा पक्राउ परेका पूर्वाधार विकास डिभिजन कार्यालय सिरहाका प्रमुख सिनियर डिभिजनल इन्जिनयर राजकुमार गोइत तारेखमा रिहा भएका छन् ।

गोइत ४ लाख रुपैयाँ धरौटी तिरेर पुर्पक्षका लागि तारेखमा रिहा भएका हुन् । यसैगरी पक्राउ परेका रुपनी गाउँपालिका–६ का रामानन्द ठाकुर र त्यही ठाउँका दिलीप दाससँग अदालतले साढे दुई लाख धरौटी माग गरेको छ ।

प्रदेश २ सरकारद्वारा अग्निसाइर कृष्णसवरण गाउँपालिका वडा नम्बर २ र ३ मा सञ्चालित विकास योजनाको रकम निकाल्न गाउँपालिका र वडा कार्यालयको लेटरप्याड र छाप किर्ते गरी २५ लाख रुपैयाँ निकाल्न उपभोक्ता समिति बनाएको उनीहरुमाथि आरोप छ ।

डाकनेश्वरी नगरपालिका–६ निवासी विपी यादव पहिलो संविधानसभामा तत्कालिन मधेशी जनअधिकार फोरम नेपालका तर्फवाट समानुपातिक सभासद् थिए । यादव यसअघि पनि रातो पासपोर्ट दुरुपयोग काण्डमा समेत मुछिएका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू