अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:०५ | Colorodo: 10:20

आउँदो एक वर्षमा देशको विकासमा देखिने गरी परिवर्तन आउने प्रधानमन्त्रीको दावी

बिआरटीनेपाल २०७६ जेठ ६ गते ९:३१ मा प्रकाशित

प्रधानमन्त्री केपी शर्मा ओलीले आउँदो एक वर्षमा देशको विकासमा देखिने गरी परिवर्तन आउने दावी गर्नुभएको छ । आज धादिङको गल्छीमा मध्यपहाडी लोकमार्गमा अप्टिकल फाइबर नेटवर्कको शिलान्यास गर्दै उहाँले आउँदो वर्ष देशमा धेरै परिवर्तन देखिने बताउनुभयो ।

“एकवर्षमा कति फरक भयो, अर्काे वर्ष हेर्नुस् कति फरक हुन्छ”– प्रधानमन्त्री ओलीले भन्नुभयो । सरकारले राम्रो काम गरेपछि जनतामा भ्रम सिर्जना गर्ने कोशिस भइरहेको भन्दै प्रधानमन्त्री ओलीले सरकारको विरोध गर्नेहरु गणतन्त्रको विरोधी रहेको आरोप लगाउनुभयो ।

नेपाल सानो देश भनेर आफैलाई अवमूल्यन गर्न नहुने भन्दै प्रधानमन्त्री ओलीले नेपालले अन्तर्राष्ट्रिय मञ्चहरुमा आफ्नो अनुभव बाँड्नुपर्ने धारणा राख्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू