अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:३४ | Colorodo: 09:49

मिडिया काउन्सिल विधेयकमा छलफल आवश्यक – नेकपा नेता रावल

बिआरटीनेपाल २०७६ जेठ ६ गते ९:२७ मा प्रकाशित

नेकपाका नेता भिम रावलले मिडिया काउन्सिल विधेयकमा छलफलको आवश्यक रहेको बताउनुभएको छ । रिपोर्टस क्लब नेपालले गरेको साक्षात्कारमा बोल्दै पत्रकार महासंघ लगायत सरोकारवाला पक्षले विधेयकको विरोध गरेकोले विवादित विषयमा गहन छलफल गर्नुपर्ने बताउनुभएको हो ।

आफूले अध्ययन गर्दा विधेयकमा भएको व्यवस्था संविधानमा भएको प्रेस स्वतन्त्रताको व्यवस्थालाई अतिक्रमण गर्ने जस्तो देखिएको हुँदा गहन छलफल गरेर निष्कर्षमा पुग्नुपर्ने बताउनु भयो । विधेयकका कारण प्रेस स्वतन्त्रता र सूचना प्रवाहमा अंकुश लाग्ने अवस्था उत्पन्न हुन नदिन र संचारकर्मीका अधिकार कुण्ठित गर्न नहुनेमा सबै सचेत हुनुपर्ने उहाँको भनाई थियो ।

सरकारले वैशाख अन्तिम साता संसदमा मिडिया काउन्सिल विधेयक दर्ता गरेको थियो । विधेयकमा मिडिया काउन्सिलले २५ हजारदेखि १० लाखसम्म जरिवाना गर्नसक्ने, काउन्सिलका पदाधिकारीको चयन सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव नेतृत्वको सिफारिस समितिले गर्ने, सरकारले काउन्सिललाई र काउन्सिलले सञ्चार माध्यमलाई निर्देशन गर्नसक्ने, पदाधिकारीहरूलाई सरकारले जुनसुकै बेला बर्खास्तगी गर्न सकिने जस्ता प्रावधान छन् । विधेयकमा भएको यिनै व्यवस्थाले स्वतन्त्र प्रेस र अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित गरेको भन्दै बिधेयक फिर्ताको माग गर्दै पत्रकार महासंघ आन्दोलनमा उत्रिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू