अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:२९ | Colorodo: 00:44

त्रिवि सेवा आयोग खारेजीको माग गर्दै अखिल क्रान्तिकारी रिले अनशनमा

बिआरटीनेपाल २०७६ जेठ ६ गते ९:२५ मा प्रकाशित

अवैधानिक रुपमा आफ्ना नातेदारलाई जागिर दिन त्रिबि सेवा आयोगले प्रकाशित गरेको नतिजा खारेजी लगायतको माग राख्दै अखिल क्रान्तिकारीले रिले अनशन सुरु गरेको छ । कीर्तिपुरस्थित त्रिवि सेवा आयोगमा विद्यार्थीहरुले सोमबारबाट अनिश्चितकालिन रिले अनसन सुरु गरेका हुन् ।

मोहन वैद्य ’किरण’ नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी)को विद्यार्थी संगठनले उक्त अनशन थालेको हो । अखिल क्रान्तिकारीकी केन्द्रीय उपाध्यक्ष शिलु न्यौपानेको नेतृत्वमा रिले अनशन सुरु भएको छ । अनशनमा विद्यार्थी नेताहरु सूर्य कार्की, महेश श्रेष्ठ, संर्घष दाहाल, जितेन्द्र लम्साल, कुमार वतौला, नेत्र शाही, साकार आचार्य, शोभा सेन्चुरी र सुलभ वैद्य वसेका छन् ।

विद्यार्थीले आयोग परिषर बाहिर अनसन सुरु गरिरहदा भित्र भने त्रिवि सेवा आयोगले प्रकाशित गरेको परीक्षामा नाम निकालेकाहरुको अन्तर्वार्ता भएको थियो । अखिल क्रान्तिकारीले आइतबार पनि त्रिवि शिक्षा आयोगमा धर्ना दिएको थियो । उनीहरुले त्रिवि शिक्षा आयोग खारेज गर्नुपर्ने, आयोगका भ्रष्ट पदाधिकारीलाई कारवाही गर्नुपर्ने र अवैधानिक रुपमा प्रकाशित कर्माचारी नतिजा खारेज गर्नुपर्ने लगायतका माग राखेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू