अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:२८ | Colorodo: 13:43

सञ्चार स्वतन्त्रता कुण्ठित नहुने गरी मिडिया विधेयक परिमार्जन गर्छौँ– सञ्चारमन्त्री बाँस्कोटा

बिआरटीनेपाल २०७६ जेठ ५ गते ८:४४ मा प्रकाशित

नेपाल सरकारका सञ्चारमन्त्री गोकुल बास्कोटाले प्रेस स्वतन्त्रता कुन्ठित नहुने गरी मिििडया काउन्सिल बिधेयक परिमार्जन गर्ने बताउनुभएको छ । नेकपा पार्टी कार्यालयमा धुम्बाराहीमा पार्टी निकट पत्रकारहरुसँग छलफल गर्ने क्रममा उहाँले सो कुरा बताउनुभएको हो । पार्टीनिकट पत्रकार र बाहिरपनि सबैले मिडिया विधेयकको विरोध गरेपछि उहाँले पयरिमार्जन गर्ने बताउनुभएको हो ।

मिडिया विधेयकको चौतर्फी विरोध भएपछि निकट पत्रकारहरुलाई आइतबार बिहान पार्टी कार्यालयमा छलफलका लागि बोलाइएको थियो । पत्रकारहरुको अलावा नेकपा संसदीय दलका उपनेता तथा पूर्वसभामुख सुवास नेम्वाङले पनि सबैसँग छलफल नै नगरी प्रेसलाई अत्याउने विधेयक ल्याएको भन्दै आपत्ति प्रकट गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू