अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:२४ | Colorodo: 14:39

पोखरामा बिभिन्न ६ देशका सेनाको संयुक्त सैन्य अभ्यास

बिआरटीनेपाल २०७६ जेठ ५ गते ८:४३ मा प्रकाशित

पोखरामा बिभिन्न ६ देशका सैनिकहरुको संयुक्त सैन्य अभ्यास शुरु भएको छ । नेपाली सेना र अमेरिकी सेनाको एसिया प्यासेफिक कमाण्डको सहकार्यमा विपद् व्यवस्थापन सम्बन्धी सैन्य अभ्यास शुरु भएको हो ।

सैन्य अभ्यासमा नेपाल, अमेरिका, श्रीलंका, माल्दिभ्स, इन्डोनेसिया, बंगलादेश र क्यानडाको सहभागिता रहेको छ । अभ्यासमा नेपालको तर्फबाट नेपाली सेनासहित सशस्त्र प्रहरी बल, नेपाल प्रहरी, नेपाल रेडक्रस, स्थानीय विपत् व्यवस्थापन समिति, नेपाल टेलिकम, विमानस्थलका कर्मचारी र स्थानीय निकायका प्रतिनिधिले सहभागिता जनाएका छन् ।

नेपाली सेना र अमेरिकी सेनाको प्यासेफिक कमान्डले यसअघि सन् २०११, १३, १५ र १८ मा काठमाडौंमा यस्तो अभ्यास गरिसकेका छन् । आउँदो १२ गतेसम्म चल्ने अभ्यासमा २२० जना सहभागी रहेको नेपाली नेपालको विपत् नियन्त्रण निर्देशनालयका सहायक रथी जीतबहादुर गुरुङले जानकारी दिनुभयो ।

उहाँका अनुसार सहभागीले फेवाताल, चमेरे गुफा, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, मनिपाल शिक्षण अस्पताल र गण्डकी मेडिकल कलेज, पोखरा विमानस्थल लगायत ठाउँमा प्रयोगात्मक अभ्यास गर्नेछन् । तालिममा सैद्धान्तिक कक्षासमेत हुनेछन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू