अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:३४ | Colorodo: 08:49

पुर्वराजा ज्ञानेन्द्र शाह थाईल्याण्ड प्रस्थान

बिआरटीनेपाल २०७६ जेठ ५ गते ८:४३ मा प्रकाशित

पूर्वराजा ज्ञानेन्द्र शाह परिवारसहित थाइल्याण्डको बैंकक जानुभएको छ । उहाँ आइतबार पूर्वरानी कोमल, पूर्वयुवराज्ञी हिमानीसहित थाइ एयरवेजको विमान चढेर बैंकक जानुभएको हो । पूर्वराजाका स्वकीय सचिव मणि पाठकका अनुसार पूर्वराजा स– परिवार बैंकक जानुभएको र करिव १ महिनासम्म थाईल्याण्डमा रहने जनाईएको छ ।

पारस– हिमानीका छोरीहरू कृतिका र पूर्णिका अध्ययन गरिराखेको शैक्षिक संस्थाको दीक्षान्त समारोहमा सहभागी हुन पूर्वराजाका परिवार बैंकक गएको बुझिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू